Techie IT
१२ साउन २०७८, मंगलबार

विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक


काठमाडौँ ।
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । शनिबार बिहान लुम्बिनीमा भएको एक समारोहबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन ‘स्यांक्चुरी’ सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो ।

वेभसाइट सार्वजनिक कार्यक्रममा चर्चित व्यवसायीहरू प्रसिद्ध बहादुर पाण्डे, ध्रुव कुमार श्रेष्ठ, शंकर घिमिरेलगायत उपस्थित थिए ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको स्यांक्चुरीलाई विश्वकै ठूलो शान्ति स्मारक भनिएको छ । जहाँ सभाहलसहितको भवन बनाउने तयारी गरिएको छ ।

www.peacesanctury.org नामको उक्त वेबसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्