Techie IT
बिहीबार, फागुन १३,२०७७

ग्यालेक्सी फोर के’ च्यानलमा अहिले कुन-कुन कार्यक्रम प्रशारण हुने


काठमाडौँ ।
सञ्चारकर्मी रवि लामिछानेले नक्सालको एक होटलमा मंगलबार विशेष कार्यक्रम गरेर नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोर के’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछि सहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।आफ्नो टेलिजिनमा सा रे ग म प सहितका फ्रेन्चाइज कार्यक्रमहरु पनि आउने लामिछानेले बताएका छन् ।

यस्तै महावीर पुनले आविश्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्