Techie IT
१९ मंसीर २०७८, आईतबार

रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा


काठमाडौं । नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको राससलाई बताइएको हो ।

उनी पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए । उनले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराएका थिए तर त्यहाँ उल्लेनीय सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिवसमेत हुन् ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्