Techie IT
मंगलबार, कात्तिक ४,२०७७

बेलब्रिने र स्ट्रलिङको शतकमा इंग्ल्यान्डमाथि आयरल्यान्डको रोमाञ्चक जित


काठमाडौं,साउन २१

इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डले घरेलु टिम इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १४२ रन बनाउँदा कप्तान एन्डी बेलब्रिनेले ११३ रन योगदान गरे ।उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।

ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र एदील राशिदले १/१ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले एक बल बाँकी छदा ३२८ रनमा अलआउट भएको थियो । इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १०६ रनको शतकीय इनिङ्स खेले ।

टम बान्टनले ५८, डेभिड विलिले ५१ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४९.५ ओभरमा ३२८ रनमा अलआउट भएको थियो। बलिङमा आयरल्यान्डका क्रियाग योङले ३ विकेट लिए भने जोशुवा लिटल र कर्टिस क्यामफरले समान २/२ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो दुइ वटा वानडेमा क्रमशः ६ विकेट र ४ विकेटले पराजित हुँदै सिरिज २-० ले गुमाईसकेको आयरल्याण्डले अन्तिम वानडेमा शानदार पुनरागमन गरेको हो। सिरिज इंग्ल्यान्डले २-१ ले जितेको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्