Techie IT
१२ साउन २०७८, मंगलबार

पाँच खेलको सिरिज गुमाएको अस्ट्रेलियाले बिहीबारको खेलमा झिनो जित निकाल्यो


काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको चौथो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले झिनो जित निकालेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । सेन्ट लुसियामा भएको पाँच खेलको सिरिजमा अष्ट्रेलियाले पहिलो जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १८९ रन जोड्यो।त्यस्तै बलिङतर्फ अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । एडम जाम्पाले २ विकेट लिए ।

अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ५३ रन र मिचेल मार्सले ७५ रनको योगदान गरे। यता वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय पारी खेले । इभिन लेविसले ३१ रन जोडे । अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले सुरुआती पाँच बलमा रसेललाई कुनै रन दिएनन् । अन्तिम बलमा रसेलले छक्का प्रहार गरे पनि जितलाई पुगेन ।

त्यस्तै बलिङतर्फ वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए । ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एकरएक विकेट लिए । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३–१ ले अघि रहेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार