Techie IT
१२ साउन २०७८, मंगलबार

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ३६ खेलाडी छनोट हुदाँ यी १४ खेलाडी बाहिरिए


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका ५० सदस्यीय टोलीबाट मुख्य प्रशिक्षक अलमुताइरीले १४ खेलाडीलाई बाहिर राख्दै बुधबार ३६ खेलाडी छनोट गरेका हुन्।

प्रारम्भिक छनोटमा परेका विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरप बुढाथोकी, मिक्च्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई पहिलो चरणबाट नै बाहिरिएका छन्।

त्यस्तै बन्द प्रशिक्षणमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यु ठकुरी, तेज तामाङ र त्रिदेभ गुरुङ रहेका छन्।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार