Techie IT
९ असार २०७८, बुधबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दूबो रोप्ने कार्यको थालनी


काठमाडौं ।

चितवनको भरतपुर १५ रामपुरमा निर्माण भइरहेकोे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको खेल मैदानमा दूबो रोप्ने कार्यको थालनी गरिएको छ । रंगशाला निर्माण अभियानका अभियानकर्ता सतिाराम कट्टेल र कुञ्जना घिमिरे(ध्रुमुस सुन्तली)ले उक्त कार्यको शुभारम्भ गरेका हुन् । रंगशाला निर्माण गरिरहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार बधवार भूमि पूजा गरेर दुबो रोप्ने काम सुरु गरिएको हो।

No description available.

७५ मिटर रेडियसको मैदानमा ७ वटा पिच बाहेकको क्षेत्रमा दुबो रोप्ने काम १५ दिन भित्र सकिने उनले बताए । मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो । दुवोको नर्सरी फाउण्डेशन आफैले पहिल्यै तयार गरिसकेको थियो । निषेधाज्ञाको समयमा पनि केही सीमित कामदारहरुलाई आइसोलेसनमा राखेर रंगशालाको निर्माणको काम जारी राखेको अध्यक्ष कट्टेलले बताए । रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिटको दर्शक दीर्घाको पहिलो स्टेपको काम सकिएको छ ।

No description available.

चितवनको मात्रै नभएर नेपालकै पहिलो विशाल क्रिकेट रंगशाला अहिले निर्माणको चरणमा छ । कोरोना संक्रमणको अवस्थामा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्य अघि बढिरहेको रंगशालाका अभियन्ता कलाकारसमेत रहेका सिताराम कट्टेलले जानकारी दिएका छन् । साथै अबका केही महिनापछि खेल्न योग्य मैदान हुने पनि उनले बताए ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्