Techie IT
बिहीबार, मंसीर १८,२०७७

पिएसजीलाई हराउँदै बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि


काठमाडौं,भदौ ८
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० लाई हराउदै जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ । उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १(० गोलले पराजित गर्दै उपाधि जितेको हो। पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे ।

Image

उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले गरेको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

Image

यो सँगै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यता पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो।

Image

खेलमा पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए। यस्तै पहिलो हाफमा वार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

Image

बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।यसअघि स्पानिस क्लब बार्सिलोनाले २००९ र २०१५ मा दुई पटक ट्रेबल जितेको थियो ।

Image

यसरी दुबै टिमले फाइनल यात्रा तय गरेका थिए ।
(अ) बायनको फाइनल यात्रा
(क)समूह चरण
१. रेडस्टार बेलगे्रडविरुद्ध (३-०)
२. टोटेनहमविरुद्ध (७-२)
३.ओलम्पियाकोसविरुद्ध (३-२)
४.ओलम्पियाकोसविरुद्ध (२-०)
५.रेडस्टार बेलगे्रडविरुद्ध (६-०)
६. टोटेनहमविरुद्ध (३-१)
(ख) प्रि क्वार्टरफाइनल
१.चेल्सीविरुद्ध (३-०)
२.चेल्सीविरुद्ध (४-१)
(ग) क्वाटरफाइनल
१. बार्सिलोनाविरुद्ध (८-२)
(घ) सेमिफाइनल
१. लियानविरुद्ध(३-०)
(आ)
पीएसजीको फाइनल यात्रा
समूह चरण
१.रियल मड्रिडविरुद्ध (३-०)
२.गालाटासारेविरुद्ध (१-०)
३.क्लब बु्रगविरुद्ध (५-०)
४.क्लब बु्रगविरुद्ध(१-०)
५.रियल मड्रिडविरुद्ध (२-२)
६.गालाटासारेविरुद्ध (५-०)
(ख) प्रि क्वार्टरफाइनल
१.बोरुसिया डर्टमन्डविरुद्ध (१-२)
२.बोरुसिया डर्टमन्डविरुद्ध(५-०)
(ग) क्वाटरफाइनल
१.एटलान्टविरुद्ध (२-०)
(घ) सेमिफाइनल
१.आरबी आइपजिगविरुद्ध (३-०)

Image
बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्