त्रिदेशीय नेसन्स कपमा बंगलादेशको सुखद सुरुवात
काठमाडौँ ।
गलबार शुरु भएको त्रिदेशीय (थ्री नेसन्स) कप फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । आत्मघाती गोलको मद्दतमा बंगलादेशले कीर्गिस्तानको २३ वर्षमुनिको टिमलाई १–० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमनले ३० औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।
बंगलादेशका फरवार्ड साद उद्दिनको क्रस गरेको बलमा कीर्गिस्तानका कुमारबाज उलु बेइमानले आफ्नै पोष्टमा गोल गरे । उनले क्लियर गर्ने प्रयास गर्दा बल आफ्नै पोष्टमा गोल हुन पुगेको थियो । पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास ग¥यो ।
तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको कीर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरिएको थियो ।
अनमार्क रहेका उनीले हावाबाट आएको बललाई सही दिशा दिन सकेनन् । त्यसपछि थप गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो ।
यससँगै बंगलादेशले कीर्गिस्तानको उमेर समूहमाथि पहिलो पटक जित निकाल्न सफल पनि भएको छ । तर यस अघि भएका चार भेटमा कीर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए ।
सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित कीर्गिस्तानले बिहीबार नेपालसँग खेल्नेछ ।
क्याटेगोरी : फिचर, खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्