Techie IT
१५ साउन २०७८, शुक्रबार

प्रिमियर लिगमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई हरायो


काठमाडौँ ।
प्रिमियर लिगमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई हराएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० गोलले हराएको हो ।

दुवै गोल दोस्रो हाफमा भएको थियो । ४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गरे । शेफिल्डका किन ब्रायनले आत्घाती गोल गरे । पछिल्ला पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो । उसले लिगका महत्वपुर्ण चार खेलमा हार व्यहोर्दै आएको थियो ।

जितपछि लिभरपुल २६ खेलबाट ४३ अंकसहित लिगको छैटौ स्थानमा छ । शेफिल्ड भने पुछारमा छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्