Techie IT
आईतबार, फागुन १६,२०७७

लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ फागुन २४ गते प्रतियोगिता हुने


चौतारा ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ गामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन २४ गते प्रतियोगिता हुने भएको छ ।

दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको रु १० लाख बराबरको दुर्घटना बीमा गरिनेछ । कूल २१/२१ किमी दूरीको उक्त प्रतियोगितामा खुुल्लातर्फ प्रथम हुुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश स् रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।

सिन्धुुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमश : रु २० हजार, रु १५ हजार र रु १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ । सेनाले शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । प्रतियोगितामा करीब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुनुुहुुने निर्देशनालयले जनाएको छ


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्