Techie IT
बिहीबार, फागुन १३,२०७७

सेभियाले ओसासुनालाई २-०ले परासजत गर्दै तेस्रो स्थान पक्का गर्‍यो

जितपछि २३ खेलबाट ४८ अंक जोड्दै सेभिया तेस्रो स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ ।


काठमाडौँ ।
सेभियाले स्पेनिस ला लिगाको तेस्रो स्थान कब्जा गरेको छ । गएराति भएको खेलमा सेभियाले ओसासुनालाई २-०ले परासजत गर्दै तेस्रो स्थान पक्का गरेको हो ।

१९ औं मिनेटमा डिएगो कार्लोसले गोल गर्दै पाहुना टोली सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४९ औं मिनेटमा लुक डी जोङको गोलको सहयोगमा सेभियाले २-०को जित दर्ता गर्न सफल भयो ।

जितपछि २३ खेलबाट ४८ अंक जोड्दै सेभिया तेस्रो स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्