Techie IT
बिहीबार, फागुन १३,२०७७

रोनाल्डोको दुई गोल गर्दै युभेन्ट्सले सहज जित निकाल्यो


काठमाडौँ ।
इटालियन सिरी एमा युभेन्ट्सले सहज जित हात पारेको छ ।सोमबार राति भएको खेलमा रोनाल्डोको दुई र बेस्टन म्याकेनीको एक गोल मद्दतमा युभेन्ट्सले क्रोनटोनलाई ३-० ले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई घरेलु मैदानमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई दोब्बर दिलाउदै जितको नजिक mगेका थिए । त्यसपछि ६६औँ मिनेटमा वेस्टर म्याकिनीले गोल गर्दै युभेन्ट्सलाई ३-०को जित दिलाए ।

जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्