Techie IT
३१ असोज २०७८, आईतबार

महिला राष्ट्रिय लिगको सार्वजनिक भयो दोस्रो चरणको खेल तालिका


काठमाडौं।
महिला राष्ट्रिय लिग फुटबलको अन्तिम खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । जसमा लिगको अन्तिम चरणको खेल एपीएफ र आर्मीबीच हुने तय भएको छ ।आगामी फागुन ७ गते दशरथ रंगशालमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधि जित्ने दाबेदार टोलीको रुपमा रहेका दुई टोली पहिलो चरणको खेलपछि पहिलो र दोस्रो स्थानमा छन् । पहिलो राउण्डमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो । एपीएफले ६ खेलबाट १८ अंक जोड्दा आर्मीले समान खेलबाट १३ अंक मात्र जोड्न पुगेको छ ।

७ टिम सहभागि लिगमा दोस्रो राउन्डको खेल भने शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२-०गोलको अन्तरले पराजित गरेको थियो ।यस्तै एन्फाले दोस्रो चरणको खेलको समय पनि थोरै परिवर्तन गरेको छ ।

एकै दिन दुई खेल हुँदा मध्याह्न १२ बजे र ३ बजे खेल हुनेछ । यस्तै एउटा मात्र खेल हुँदा दिउँसो २ बजे खेल सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) लेजनाएको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्