Techie IT
बिहीबार, मंसीर १८,२०७७

अविरल वर्षाले धनकुटाको खेलमैदानमा करोडौको क्षति


काठमाडौं, भाद्र १

धनकुटा नगर पालिका वार्ड नं.५ मा रहेको एकमात्र खेल मैदान नराम्ररी बिग्रिएको छ । बजारको बीचमा रहेको उक्त खेलमैदान करिब ३० रोपनी क्षेत्रफलमा फैलिएकोमा धेरै भाग हालैको अविरल वर्षाको कारणले टुँडिखेलको चारैतिर भासिएको छ ।

खेलमैदानको चारैतिर सडकमा ढल निर्माण नहुँदा पहिरो र पानी पसेर टुँडिखेल भासिन गएको हो । क्षेत्र नं. एककै राष्टिय खेलकुद कार्यक्रम हुने उक्त मैदानमा चार हजार दर्शक अट्ने क्षमताको खेलमैदान मा व्यवस्थित प्याराफिट र मञ्च तयारी गरिएको छ।

प्रदेश नं। एक कोे करिब १ करोड १२ लाख र धनकुटा नगर पालिकाको १ करोड ३०लाख उक्त आयोजनामा लगानी भएकोमा खेर गएको छ । उक्त टुँडिखेल निर्माण आयोजनामा निर्माण कम्पनीहरूले कमसल निर्माण र प्राकृतिक प्रकोपको क्ष्तिलाई ध्यान नदिइ निर्माणका क्रममा गैरजिम्मेवारीका कारण खेलमैदानको ५० प्रतिशत क्षति भएको स्थानीयहरुको भनाई छ ।

बारम्बार एउटै आयोजनामा करोडौं खर्चको लगानी र त्यसको सुरक्षाको मापदण्ड नअपनाइनु र निमाणका क्रममा ठेकेदारको कमिसन र नाफाखोरी प्रबृत्तिले टुँडिखेलको स्तरीयता र व्यवस्थित बनाउनमा हेलचेक्राईं भएको पाइन्छ । हरेक वर्ष एकै ठाउँमा केही न केही भौतिक पूर्वाधारको काम भइरहेको र हरेक बर्ष उत्तिकै क्षति हुनेगरेको छ । सरकारी खर्चको करोडौंको लगानी भएता पनि धनकुटाका खेलकुद प्रेमीहरुले धेरै समस्या भोग्नु परेको छ ।

धनकुटाको खेलकुद विकासमा यो खेलमैदानको धेरै महत्व छ तर हरेक वर्षका यो दुर्दशाले सबैलाई निरास बनाएको खेलकुद विकास समिति धनकुटाका प्रमुख नवीन प्रधानले बताए ।

यो टुँडिखेलको अधिकासं भाग पुरुवा माटोले थपिएको कारण मञ्च रहेको अगाडिको भागमा गहिरो चिरा परेको छ तर लगाएको मेसिनरी वाल दबिएर खेलकुद विकास समितिको कार्यालय र मञ्च रहेको भवन भासिने र बग्ने अस्थामा पुगेको छ।

मञ्चको अगाडिबाट पानी र भल छिरेर वालसहितको जमिन दबेको कारण नयाँ भवनमा ठूलो क्ष्यति पुगेका र अझै वर्षा भएमा भवनको पूर्ण भागलाई असर पर्ने देखिएको छ ।
खेल मैदानको पश्चिमी भागमा पहिरो र वाल भासिएको छ र केही भाग पहिरोमा परेको छ लगाइएको कम्पाउण्ड वाल पल्टिएर करोडौंको क्षति भएको छ ।

पूर्वकै सुन्दर यो खेल मैदानको दुर्दशा संबन्धित निकायमा जानकारी गराएको र अहिलेसम्म नयाँ कदम भने नचालिएको स्थानीय खेलकुदको पदाधिकारीहरुले जानकारी दिए ।

खेलकुद मैदानको भित्तातर्फको कम्पाउण्ड, प्यारापिटमा गहिरो पुगेको छ ।प्याराफिटमाथिको सडकको ठूलोभागमा पहिरो गएको छ र सडक भासिएको छ । । अझै वर्षातको समय बाँकि रहेकोले क्षतिको मात्रा अझ बड्ने बताउँदछन्र स्थानीय पदाधिकारीहरु। यदि समयमा नै यसको व्यवस्थापन र रोकावट नगरिए अझ ठूलो असर पर्ने स्थिति छ ।

उनले खेलमैदानको बीच भागको जमिन पनि भासिएको र त्यहीँबाट पानी छिर्ने गरेको बताए । सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने खेलमैदानमा वर्षौंदेखिको धनकुटेली जनताको नाममा भएको करोडौं लगानी खेर जाने भएकाले तत्काल क्षति न्यूनीकरण गर्न मर्मत सम्भारतर्फ ध्यान जान जरुरी छ ।

यदि अबको योजनामा यो खेल मैदानको संरचनामा यसैगरी स्तानिय तहको करोडौं खर्चमात्र गरिरहने र ठेकेदारहरुलाई मालामाल बनाइरहने हो भने धनकुटेलीहरुको एकमात्र ठूलो खेलमैदानको अस्थित्वमा ठूलो संकट आइपनेंछ , यस विषयमा संबन्धित निकायको तर्फबाट चाँडो भन्दा चाँडो ध्यान पुग्न जरुरी देखिन्छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्