Techie IT
मंगलबार, असोज १३,२०७७

बार्सिलोनाको लस्जास्पद हार बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


काठमाडौं, ३१ साउन।
युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब वायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनामाथि ऐतिहासिक तथा भारी अन्तरको जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ को गोल अन्तरले हराएको हो ।

Image

मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।

Image

जसमा थोमस मुलर र काउन्टिन्होले २-२ गोल गरे।भने रोबेर्ट लेवानडोस्की, इभान पेरिसिक, सेर्गी ग्नाब्री र जोशुआ किम्मिचीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लुसी स्वरेजले गरे भने एक गोल बायर्नका डेभिड अलावाले आत्मघाती गोल गरेका थिए ।

Image

बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो । त्यस्तै सन् १९५१ मा स्पेनिस लिगमा इस्पान्योलसँग ६–० को हार बेहोरेको बार्सिलोनाले त्यसयता ठूलो अन्तरको हार बेहोरेको छ ।

Image

जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग अगस्त १९ मा खेल्ने छ ।

Image


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्