Techie IT
१७ साउन २०७८, आईतबार

एटलान्टालाई हराउदै पीएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा


काठमाडौं,२९ साउन।
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एटलान्टालाई हराउदै २५ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि पिएसजी एक पटकमात्र १९९४-९५ मा सेमिफाइनल पुगेको थियो ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाटकीय पुनरागमनपछि बुधबार एटलान्टामाथि २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा इटालीको एटलान्टाले २७ औं मिनेटमा मारियो पासालिचको गोलले अग्रता लिए पनि अन्तिम ममयमा पिएसजीले दुई गोल गर्दै २-१ को जित हात पारेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको (पिएसजी) दोस्रो हापमा आक्रामक रुपमा खेलमा फर्कियो। ९० औं मिनेटमा पिएसजीका लागि मार्किन्हसले बराबरी गोल गरेका थिए। इन्ज्युरी समयको दोस्रो मिनेटमा पिएसजीले अर्को गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पिएसजीलाई सेमिफाइनलमा पुर्याएका थिए।अब फाइनल प्रवेशका लागि उसले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्