Techie IT
बिहीबार, असोज १५,२०७७

२०२० को आइपिएल ट्वान्टी ट्वान्टी क्रिकेट सेप्टेम्बर १९ देखि  यूएईमा गर्न भारत सरकारको स्वीकृति !

एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।


काठमाडौं,साउन १९
२०२० को आइपिएल ट्वान्टी ट्वान्टी क्रिकेट भारत सरकारले यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आइपिएलको गभर्निङ परिषद्को आइतबारको बैठकले आइपिएल अनुमतिका लागि भारतीय सरकारले ग्रिन सिग्नल दिएको बताएको छ।

यसअघि भारतीय क्रिकेट बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।

कोरोना महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो । आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न पाइने नियम समेत बताएको छ ।

यो वर्षको आइपिएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल हुनेछन्। आइपिएलका दिउँसका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुनेछ। एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ। आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्