Techie IT
बुधबार, कात्तिक ५,२०७७

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


काठमाडौं,२६ साउन
स्पेनिस क्लब बार्सिलोनाले नापोलीलाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको लिगको दोस्रो लेगको खेलमा इटालियन क्लब नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।

गत फेब्रुवरी मै भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगको खेलमा नापोलीविरुद्ध ३–१ को जित हात पार्दै समग्रमा ४–२ गोलअन्तरका सहित अन्तिम ८ मा प्रवेश गरेको हो।

१० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर पारे । मेस्सीको गोल ह्याण्डलब भएको हुन सक्ने आशंकामा भिएआरबाट रिभ्यू गरिएको थियो ।

लुइस स्वारेजले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा गोल गरी टिमको अग्रता ३–० बनाएका हुन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा नापोलीले पेनाल्टी पायो । त्यसमा इन्सिग्नेले गोल गरेका हुन् । पहिले लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा जित हात पारेको बार्सिलोना समग्रमा ४-२ को नतिजामा अन्तिम ८ मा पुग्यो।अब बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेशका लागि जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखको समना गर्ने छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्