Techie IT
बुधबार, असोज १४,२०७७

चेल्सीमाथि वायर्नको सानदार जित बार्यन म्युनिखले तय गर्‍यो क्वाटरफाइनल यात्रा


काठमाडौं,२६ साउन
इंग्लिस क्लब चेल्सीमाथि शानदार जित दर्ता गरी जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनको यात्रा तय गरेको छ ।
रोवर्टो लेवनडोस्कीले दुई गोल गर्दै अर्को दुईमा अवसर सिर्जना गरेपछि बायर्न म्युनिकले शनिबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा चेल्सीलाई ४–१ ले हरायो र क्वाटरफाइनल प्रवेश गर्न सफल रह्यो ।

बायर्नलाई जित दिलाउन रोबेर्ट लेवान्डोवस्कीले दुई तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचके एक एक गोल गरे । चेल्सीका लागि टमी अब्राहमले एक गोल फर्काए । पहिलो लेगमा ३–० को जित निकालेको बार्यन म्युनिख समग्रमा ७–१ को जितसहित अन्तिम ८ मा पुग्न सफल भएको हो ।अब अन्तिम आठमा उसको सामना बार्सिलोनासँग रहेको छ । उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८ औं जित पनि रहेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्