Techie IT
१४ मंसीर २०७९, बुधबार

विश्वकप फुटबल महाकुम्भ कतारमा सुरु इक्वेडरसँग आयोजक देश स्तब्ध


काठमाडौं । फिफा विश्वकप २०२२ कतारमा सुरु भएको छ । भव्य समारोहका बीच आइतबार रातिदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु भएको हो । यो विश्वकप मध्यपूर्व र अरबमा पहिलोपटक आयोजना भएको हो ।

कतारको अल बिदा पार्कमा उद्घाटन समारोह गरिएको थियो । ४० हजारभन्दा बढी फुटबल समर्थकमाझ भएको उद्घाटन समारोहमा डीजे सेट, आतिशबाजी र विश्वकप गीत टुको टाका माइरियम फेयर र मालुमाले प्रस्तुत गरेका थिए ।

उद्घाटनको पहिलो खेलमा आयोजक कतार र इक्वेडर भिडेका थिए । उद्घाटन खेलमा घरेलु टोली कतारलाई २–० ले स्तब्ध पार्दै इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको हो।इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सिया निर्णायक बने। विश्वपकको दौडान हुने हरेक खेल प्रत्यक्ष ठूला स्क्रिनमा देखाइनेछ । यो २२औँ विश्वकप हो । सन् १९३० मा पहिलो विश्वकप आयोजना गरिएको थियो । विश्वकप हरेक ४÷४ वर्षमा हुने गरेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्