Techie IT
१७ असार २०७९, शुक्रबार

१४८ जना देश विदेशका खेलाडीहरुको बीचमा मनाईयो ‘ओलम्पिक डे २०२२’


काडमाडौँ । नेपाल शो क्योकुशिन संघ र श्वस्तिश्री गुरुकुल विद्यालयले संयुक्त रुपमा ओलम्पिक डे २०२२ को अबसर पारि इन्डो नेपाल फूल कन्टयाक्ट कराते प्रतियोगिता शनिबार काठमाडौँमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल र भारतका गरि १४८ जना खेलाडीहरुले बिभिन्न विधाहरुमा प्रतिस्प्रधा गरेका थिए । उक्त प्रतियोगितामा नेपालका दलबहादुर घले,खेमराज शाहीले खुल्ला तौलमा स्वर्ण पदक प्राप्ता गरेका थिए । ६५ केजी तौल समूहमा तेजस्वामी लामाले स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै ५० केजी तौल समूहमा विशाल माया तामाङ,ओङ्गसु राईले पनि स्वर्ण पदक हात पारेका थिए । त्यस्तै,कापा मन्दिर विद्यालयका चण्डीका शाही र उर्मिला कट्वालले पनि स्वर्ण पदक जितेका छन् । त्यस्तै श्वस्तिका डंगोल,उजिता गमालले रजत हात पारेकी छन् ।

जुद्धोदय माध्यामिक विद्यालयका आदीस विक, अभि तामाङ,समत शाह र अभय भुजेलले स्वर्ण पदक जितेका छन् । त्यस्तै,संजोक गौतमले रजत पदक हात पारेका छन् भने महिला तर्फ अस्मिता तामाङ,रिसाल तामाङ र दिपसना राईले रजत पदक जित्न सफल भएका छन् ।

त्यस्तै,सिम्रिक युवा परिवारका ६० केजी तौल समूहको प्रतिस्प्रधामा निरज महर्जन,४५ केजी तौल समूहमा प्रिन्स देउला, र ४० केजी तौल समूहमा शेष रिजुवान,प्रवेश गुरुङ,३५ केजी समूहमा अफ्ताव अलीले स्वर्ण पदक प्राप्ता गरेका छन् । त्यस्तै,महिला तर्फ ५५ केजीको प्रतिस्पर्धामा मिङ्गमा तामाङले स्वर्ण पदक जितेकी छन् । ५० केजी तौल समूहमा प्रतिस श्रेष्ठले रजत पदक हात पारेका छन् ।

उक्त प्रतियोगितामा विजेता भएका खेलाडीहरुलाई कार्यक्रमका सभापति रामकृष्ण चित्रकार र संघका अध्यक्ष सो क्याकुशिनका ब्रान्च चिफ राजकुमार श्रेष्ठ,ओलम्पिक कमिसन अफ अल स्पोट्रसका उपाध्यक्ष भारतमा इन्टरनेशनल अफ बज्र क्योकुशिनका उपाध्यक्ष पुष्पमान मानन्धरको सँगै अन्य अतिथिहरुको हातबाट मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्दा ५ लाख ५ हजार ५ सय रुपैयाँ खर्च भएको आयोजकले बताएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्