Techie IT
बुधबार, कात्तिक १२,२०७७

खेल जिते पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो


काठमाडौं,२४ साउन
क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै खेल जिताए पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा युभेन्टस फ्रेन्च क्लब लियोनमाथि २-१ गोल अन्तरले विजयी भएपनि समग्रमा २-२ गोल को नतिजासहित अवे गोलको आधारमा बाहिरिएजो छ ।

पहिलो लिगमा अवे गोल गरेको आधारमा लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । लियोनका डिपेले १२ मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामोसमय सम्म टिक्न सकेको थिएन । युभेन्ट्सको रोनाल्डोले खेलको ४३औ र ६०औ मिनेटमा गोल गरेका थिए । तर त्योत्यो गोल युभेन्ट्सको लागि क्वार्टरफाइनलमा प्रवेश गर्न पर्याप्त भएन।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्