Techie IT
शुक्रबार, मंसीर १२,२०७७

रियल म्याड्रिडलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग क्वाटरफाइनलमा प्रवेश


काठमाडौं,२४साउन
गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा रियल मड्रिडलाई हराउदै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । स्पेनिस महारथी रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समग्रमा ४-२ को अग्रता सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितमा रहिम स्टरलिंग र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल करिम बेन्जामाले गरेका थिए । योसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग बाट बाहिरिएको छ । रियल दुवै लिगमा सिटीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । अब सिटी अगस्त १५ मा क्वाटरफाइनलमा लियोनसँग खेल्ने भएको छ ।

सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको छ । क्लब सन् २०१५–१६ पछि सेमिफाईनल समेत पुग्न सकेको छैन ।पेप ग्वार्डिओला र जिनेदिन जिदानबीचको प्रतिष्ठाको लडाइँ मानिएको अन्तिम १६ को दोस्रो लेग पनि जितेर सिटी व्यवस्थापक अब्बल साबित भए ।

फ्रान्सेली जिदान च्याम्पियन्स लिगको नकआउट चरणबाट प्रशिक्षकका रूपमा बाहिरिएको यो पहिलो पल्ट हो ।यसअघि उनले सन् २०१६ देखि २०१८ बीच रियललाई लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्