Techie IT
९ माघ २०७८, आईतबार

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियाले जित्यो ओडिआई सिरिज


काठमाडौं ।
विकेटकिपर एलेक्स केरी र अलराउन्डर ग्लेन म्याक्सवेलको उत्कृष्ट सानदार शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज आफ्नो कब्जामा पारेको छ । इंग्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य अस्ट्रेलियाले २ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा म्याक्सवेलले ९० बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा १०८ रन प्रहार गरे । यस्तै केरीले ११४ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा १०६ रन बनाए । दुईजनाले छैटौँ विकेटका लागि २ सय १२ रनको कीर्तिमानी साझेदारी गरे । इंग्ल्याण्डका लागि क्रि सवोक्स र जो रुटले २-२ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जोनी बेयर्स्‍टोले शतक तथा साम बिलियङ्स र क्रिस वोक्सले अर्धशतक प्रहार गरे ।

सुरुको दुई बलमा स्टार्कले ज्यासन रोए रजो रुटलाई लगातार आउट गरेपनि ओपनर बेयर्‍स्‍टोले शतक प्रहार गरे । उनले १२६ बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११२ रन बनाउ । बिलिङ्सले ५७ रन योगदान गर्दा वोक्सले अविजित ५३ रन जोडे ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ३-३ विकेट लिए । खेलको प्लेअर अफ दी म्याच र म्यान अफ दि सिरिज अष्ट्रेलियाका म्याक्सवेल घोषित भए । योसँगै तीन खेलको सिरिज अस्ट्रेलियाले २-१ ले जितेको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्