Techie IT
३० जेठ २०७८, आईतबार

लिग वानमा पीएसजीको विजयी सुरुवात


काठमाडौं ।
साविक विजेता पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पहिलो जित हात पादै विजयी सुरुवात गरेको छ । पीएसजी यसअघिको सुरुवाती दुई खेलमा यसै सिजन बढुवा भएको लेन्स र मार्सेसँग समान १–० गोलको अन्तरले पराजित भएको थियो ।

डि मारियाले क्रस गरेको बललाई इकार्डीले भेट्न नसकेको अवस्थामा मेट्जका गोलरक्षकले विफल पारेपनि रिवाउन्डमा ड्राक्सलरले हेडरमार्फत खाली पोस्टमा जाली चुमाएका थिए । खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई महत्वपुर्ण तीन अंक दिलाएका थिए ।

६५औं मिनेटमा अब्दुयु डियालोले रातो कार्ड पाउदै मैदान छाडेपछि पीएसजी दश खेलाडीमा सीमित भएको थियो। त्यसैगरि मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीबीच झगडा भएको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो। खेलमा रातो कार्ड पाएका चार खेलाडीमाथि पनि प्रतिबन्ध लगाइएको छ। जसमा पिएसजीका डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगायएको छ। यस्तै लिएन्द्रो पेरेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाइएको छ। मार्सेलीका जोर्डन अमाभीलाई तीन खेल र डरियो बेनेडेटोलाई भने एक खेल मात्र प्रतिबन्ध लगाइएको छ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्