Techie IT
सोमबार, असोज १२,२०७७

इन्स्योरेन्स


काठमाडौं ।
आज भुकम्प आयो
अस्ति बाढी आयो
अझ अस्ति देखि कोरोना
आकै छ

उ सुरक्षित छैन
म सुरक्षित छैन
हामि सुरक्षित छैनौ
यो पृथ्वी सुरक्षित छैन
अरू त कुरै छोडौ ,यो
सुर्य पनि सुरक्षित छैन

असुरक्षाको बिचमा
राजनीति ,ब्यापार, कृषि,
जागिर पनि पर्ला
तिम्रो चाकडी सुरक्षित
छैन,
उँहाको आडम्बरी
सुरक्षित छैन
तर पनि केका लागि
खिचातानी गर्छौ ?

तिमिले गुलावको फूल
निमोठे देखी
मेरो प्रेम कम्ता असुरक्षित
छ,
मेरा कुरा काट्नेहरूले
पनि
उसको कुरा काट्ने भेट्दा
ऊ आफै असुरक्षित छ
जन्म,बिबाह र मृत्यू
असुरक्षित छन
यमराज पनि अस्पताल र
डाक्टर देखी असुरक्षित

बिमा कम्पनी
आफै असुरक्षित छन


क्याटेगोरी : साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्