Techie IT
शनिबार, असोज ३,२०७७

भारतमा मृत्यु भएका मेदान्ता अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ डा.शाहको मृत्यु प्रकरण माथि छानविन गर्न संघको माग


काठमाडौं,भदौं १९

भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञको रुपमा कार्यरत डा. सुजितकुमार शाह मृत्यु प्रकरणका संबन्धमा यथाशिघ्र निष्पक्ष छानविन गरेर सत्य तथ्य वाहिर ल्याउन चिकित्सक जनमत संघले माग गरेको छ ।

संघका उप संयोजक द्वय डा.सुवन्त कुमार कुशवाह र डा.विनय पञ्जियारद्धारा यही भदौ १९ गते हस्ताक्षरित विज्ञप्तिमार्फत मृतक डाक्टरको मृत्य असामयिक हो या हत्या हो त्यसको यथार्थ वाहिर ल्याउन माग गरिएको छ ।

स्थायी घर नेपालको सिरहा भएका डा. शाह मणिपाल कलेज पोखराबाट एमविविएस गरे पछि मेदान्ता अस्पतालमा कलेजो प्रत्यारोपण विशेषज्ञको रुपमा कृयाशिल रहेका थिए ।उनी प्रसिद्ध कलेजो प्रयारोपण विशेषज्ञको रुपमा चिनिन्थे ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्