Techie IT
७ असोज २०७८, बिहीबार

नेपालमा थपिए ४ हजार १ सय ७ जना कोरोना संक्रमित ,३५ जनाको मृत्यु


काठमाडौं ।

नेपालमा बुधबार थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ गरी कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा कारोनाका कारण ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै बुधबार १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्