Techie IT
१२ साउन २०७८, मंगलबार

साउनको चौथो साताबाट कक्षा १२ को परिक्षा 


काठमाडौं ।

आगामी साउनको चौथो सातादेखि भौतिक उपस्थितिमै कक्षा १२ को परिक्षा गराउने राष्ट्रिय परिक्षा बोर्डले तयारी थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएलगत्तै बोर्डले यो तयारी थालेको हो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्षचन्द्रमणि पौडेलले बताए ।तर निर्णय गरेको औपचारिक जानकारी बोर्डसम्म नआइपुगेको र आइपुगेपछि भौतिक उपस्थितिमै परिक्षा गराउने जानकारी बोर्डले दिएको छ । परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ ।

गत जेठ २६ गतेबाट हुने भनेको परिक्षा कोरोना संक्रमण दर बढ्दै गएपछि स्थगित भएको थियो । यस पटक हुने परिक्षा भने १०० पूर्णाङ्ककै हुने बामेर्डले जनाएको छ । यस भन्दा अघिल्लो वर्ष गरिएको परिक्षाको मुल्याङ्कन पद्दति प्रभावकारी नदेखिएकोले यो वर्ष १०० पूर्णाङककै आधारमा परिक्षा हुने जनाइएको छ । तगत वर्ष ४० अंकको मात्रै परिक्षा लिएको थियो भने ४० अंक मुद्ययाङकनको आधारमा र २० अंक कक्षा ११ को आन्तरिक मुल्याङकनका आधारमा परिक्षा लिइएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्