Techie IT
१२ साउन २०७८, मंगलबार

खोप लगाउन गएका विदेश जाने युवाहरु विना खोप प्रहरीबाट यसरी लखेटिए


काठमाडौँ ।

सोमबारबाट अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ । तर एकाविहानै देखि खोप लगाउँन गएका विदेश जाने युवाहरुलाई भिड गरेको भन्दै खोप लगाउँन नदिई लखेटेको छ ।

टेकू अस्पताल खोप केन्द्रमा खोप लगाउन आएका झण्डै तीन सयजनालाई खोप लगाउन नदिई फिता पठाइएको एक पिडित युवाले बताए ।

सरकारले यो खोप ५० देखि ५४ वर्ष उमेर समुह,सरसफाइकर्मि र विदेश जाने युवाहरुलाई खोप लगाउन निर्देशन दिएको भए पनि व्यावस्थापनको कमजोरीले गर्दा बिदेश जमाने युवाहरु खोपबाट बञ्चित हुन पुगेका छन् । पासपोर्टसहित खोपका लागि खोप केन्द्रमा पुगेका युवायुवतिहरुलाई फिर्ता पठाइएपछि युवाहरुले आक्रोस पोखेको जनाइएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्