Techie IT
९ असार २०७८, बुधबार

नेपालमा थपिए ३,७४९ जना कोरोना संक्रमित, ५९ जनाको मृत्यु


काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमित थपिएका छन् । ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा कुल संक्रमितको संख्या संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
अहिले सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ ।

अहिले नेपालमा ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।यस्तै गएको चौबिस घण्टामा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्