Techie IT
२० मंसीर २०७८, सोमबार

सेतो दुबी आउनुको कारण र यसको हटाउने उपाय


काठमाडौं,साउन २१

मान्छेको शरीरमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो। धेरै मान्छेले यसलाई ुकस्मेटिक डिस्फिगरमेन्टुको रुपमा लिने गर्छन्। यो भन्नुको अर्थ शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ।

छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ। मेलानिन पिगमेन्टकै कारण कसैको छाला गोरो हुन्छ त कसैको कालो हुन्छ। मेलानिन पिगमेन्ट उत्पादन गर्ने कोष मेलानोसाइट मर्यो भने छालामा दुबीको समस्या देखिन्छ।

यसैविषयमा दुबीको बारेमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौजन सुवेदीसंग यसको कारण र उपचार विघिको वारेमा उनले दिएको भिडियो उपचार सन्देश तलको भिडियोमा हेर्न सकिन्छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्