Techie IT
२ जेठ २०७८, आईतबार

उपत्यकामा थपियो २९ गतेसम्म निषेधाज्ञा , पसल बिहान २ घन्टा मात्रै खुल्ने


काठमाडौँ ।

काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि लागू हुँदै आएको निषेधाज्ञा कोरोना संक्रमणको क्रम झन बढ्दो रुपमा देखिएपछि बैशाख २९ गते सम्मको लागि निषेधाज्ञा लम्बिएको छ । गत १६ गतेबाट सुरु भएको पहिलो चरणको निषेधाज्ञा बुधबार सकिदैछ ।

मंगलबार बसेको काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।अबको निषेधाज्ञा पहिलाको भन्दा पनि कडा हुने जनाइएको छ ।

यस अघि विहान साँझ खुल्दै आएका खाद्यान्न पसल अबदेखि भने बिहान दुई घण्टा मात्रै खोल्ना दिने भएको छ ।अबदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै खाद्यान्न पसल खुल्ने भएका हुन्।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्