Techie IT
२ जेठ २०७८, आईतबार

भारतमा कोरोना बढेसँगै घर फर्कने नेपालीको भिड

दैनिक ४५ सय नेपाली सिमा पार गरेर घर फर्कदै


काठमाडौं ।

भारतमा कोरोना महामारीको दोश्रो लहर उच्च विन्दुमा पुगेसँगै भारतमा रोजगारी र वयावशाय गर्ने नेपालीहरु घर फर्कनेको भिड लाग्ने गरेको छ । दैनिक रुपमा ४५ सय नेपालीहरु घर फर्कने गरेको नेपाली राजदूताबास दिल्ली स्रोतले जनाएको छ ।

भारतबाट नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि दूताबास स्रोतले जनाएको छ । भारतमा महामारी बढेसँगै भारतमा रहेका नेपालीहरु मरे पनि आफ्ना आमा,बुबा,श्रीमति,छोरा छोरीको साथमै मरौं भनेर नेपाल प्रवेश गर्नेको भिड रहेको जनाइएको छ । अहिले सम्म कोरोनाका कारण भारतमा २३ जना नेपालीको मृत्यु भएको दूताबास स्रोतले जनाएको छ । तर यो संख्या बढी हुन पनि सक्ने उसले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्