Techie IT
२ जेठ २०७८, आईतबार

कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि बढ्यो

पशुपतिको शवदाह गृहमा ठाउँ अभाव भएपछि खुला ठाउँमै जल्न थाले कोभिड संक्रमितका शव


काठमाडौं ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको दर दिन प्रति दिन बढ्न थालेपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि त्यत्तिकै बढिरहेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका कोभिडका शवहरुको व्यावस्थापनमा समस्या पर्न थालेको छ । काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने ठाउँको आभावमा पशुपतिका कर्मचारीहरुले पशुपति बाहिरको खुला चौरमा शव जलाउन थालेको दृष्य जोकोहीले पनि देख्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै कोभिड संक्रमितको शव व्यावस्थापन गर्न सरकारसँग उचित ठाउँको माग गरेको भए पनि अहिले सम्म सरकारले यस विषयमा कुनै पनि निर्णय गरेको छैन ।अहिले वागमति किनारको छेउमा कोडिका शवहरु जलाउन थालिएको छ । यसको उचित व्यावस्थापनको अभावले सरकारको लाचारीपन देखाउँछ ।

उचित ठाउँको अभावमा शव व्यापस्थापनको जिम्मा पाएको नेपाल्ी सेनालाई अहिले शव व्यावस्थापनमा कठिन परेको छ । सेना पछिल्लो समय दिन रात नभनी शव व्यस्थापनमा खटिरहेको छ।पहिले अस्पतालबाट एक पटकमा एउटा मात्रै लास उठाउने सेनाले कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्न थाले पछि अहिले एक पटकमा चार वटा सम्म लास उठाउन थालेका छन् । नेपाली सेना रात दिन खटिइरहेको छ । त्यस्तै व्यस्त बनेको छ पशुपतिको विद्युतिय शवदाय गृह ।

अहिले सम्म संक्रमित शवहरु यही शव दाहगृहमा जलाउदै आएकोमा विगत एक दुई दिनदेखि यसले भार थाम्न नसकेर वागमति नदीको किनारमा शव जल्न थालेका छन् । यसको व्यावस्थापन गर्न अव भने सरकारले कत्ति पनि ढिला गर्नु हुदैन । जति सक्दो चाँडो शव व्यावस्थापनका लागि उचित ठाउँको व्यावस्थापन गर्नु पर्ने माग पिडितले गर्न थालेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्