Techie IT
सोमबार, वैशाख ६,२०७८

थपिए ३३९ कोरोना संक्रमित,कूल २ लाख ७८ हजार ८०९ पुगे


काठमाडौं ।

गएको २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ४१०० मा पिसिआर गर्दा २९८ मा पोजेटिभ आएको र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ८०९ पुगेको छ।बुधबार ७४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ। कोरोनामुक्त हुनेको दर ९८.१ प्रतिशत छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्