Techie IT
सोमबार, वैशाख ६,२०७८

भारतमा कोरोना बढेपछि सुदुरपश्चिमका सीमा नाकाबाट नेपाल भित्रिनेको लर्को, स्वास्थ्य सुरक्षा चेक जाँच भने फितलो


काठमाडौं ।

छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर दिन प्रति दिन बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरु सीमानाकाबाट घर फर्कनेको लर्को लागेको छ । यसरी सूदुरपश्चिमका नाका हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरु सबैको स्वास्थ्य जाँ नगरिकन केहीको मात्रै एन्टीजेन परिक्षण गरिने गरेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिने एक स्वास्थ्यकर्मिले बताए ।

त्रिनगर भन्सार नाकाबाट मात्रै बीस दिन यता ८ हजार बढी घर फर्किसकेको स्रोतले जनाएको छ ।ती मध्ये आधाको मात्रै एन्टीजेन परिक्षण गरिएको एक स्वास्थ्यकर्मिले बताए । उनका अनुसार चार हजार जनामा एन्टीजेन परिक्षण गर्दा एक सय पचास भन्दा धेरैमा कोरोना संक्रमण भेटिएको वुझिएको छ ।

त्रिनगर नाकामा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।‘भारतमा फैलिएको दोश्रो चरणको कोरोना संक्रमण बढेपछि स्वास्थ्य परिक्षण गर्न समस्या परेको स्थानिय प्रशासनको भनाइ छ । दैनिक एक हजारदेखि पन्ध्र सय मानिस नेपाल भित्रिने गरेको स्थानिय प्रशासनले जनाएको छ । सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन भनेको भए पनि एक एक गरी स्वास्थ्य जाँच नगरी सामुहिक चेक जाँ गर्ने गरिएको जनाइएको छ । यसो गर्दा सुदुरपश्चिममा कोरोना संक्रमणको हटस्पट हुने संकेत देखिएको छ । यस तर्फ प्रशासनको बेलैमा ध्यान जानु आवश्यक छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्