Techie IT
१८ माघ २०७९, बुधबार

भारतले ग-यो कोभिडशिल्ड निर्यात बन्द गर्ने निर्णय


काठमाडौं ।

भारतमा कोरोना संक्रमणको दोश्रो लहड दिनप्रति दिन बढ्दै जान थाले पछि भारतले निर्यात गर्दै आएको कोरोनाविरुद्धको खोप ”कोभिडशिल्ड” अबदेखि निर्यात नगर्ने भएको छ । उसले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको हो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेपछि नेपालसहित विश्वका १९० देश प्रभावित हुने भएका छन् ।

पछिल्लो समयमा संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेकोजनाइएको छ। भारत सरकारले अप्रिल अन्तसम्म खोप विदेशमा निर्यात नगर्ने जनाएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अगुवाईमा विश्वका गरिब देशमा पनि खोपको समान पहुँच कायम गर्ने उद्देश्यसहित कोभ्याक्स अभियान स्थापित भएकोमा भारत सरकारको यो निर्णयले विश्वका धेरै देशलाई असर पुग्नेछ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्