Techie IT
१८ माघ २०७९, बुधबार

असहज अवस्थाको व्यवस्थापन गर्नको लागि निजी विद्यालयले जगेडा कोष स्थापना गर्ने


काठमाडौँ ।

भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि निजी विद्यालयले जगेडा कोष राख्ने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०।५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने प्रावधान ल्याएका छन् ।

नेसनल प्याब्सनसँग आवद्ध विद्यालयहरुलाई आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०।५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको छ । चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले उक्त निर्देशन दिएको अध्यक्ष अतुराज सापकोटाले जानकारी दिएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्