Techie IT
१७ माघ २०७९, मंगलबार

७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको परिपत्र


काठमाडौं ।

छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपालमा पनि कोरोना बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै गृहमन्त्रालयले आफू मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ । कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेकोल ७७ वटै जिल्लाका सबै प्रशासन कार्यालयमा पत्र पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा परिपत्र गरेको गृहले जनाएको छ । भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि गृहले भीडभाड हुन नदिन परिपत्र गरेको गृह स्रोतले जनाएको छ । यस्तै सिमानाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि आदेश दिएको गृह स्रोतले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्