भिडभाड हुने सभा,जुलुस,-याली र व्यावशाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं ।
पछिल्लो समयमा देशको छिमेकी मुलुक भारतमा कारोना भाइरसको संक्रमण बढ्दै गएकोले त्यसको असर नेपालमा पनि पर्ने हुनाले देशभर भिडभाड हुने किसिमका कुनै पनि सभा,जुलुस,गोष्ठी र व्यावशाय नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
सोमबार मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा हस्ताषरित उक्त विज्ञप्तिमा देशमा कोरोना संक्रमणको दोश्रो लहड फैलिने संभावना बढेकोले सबैले भौतिक दूरी कायम,सावुन पानीले हात धुने,सेनिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्