Techie IT
१८ माघ २०७९, बुधबार

थपिए १८८ कोरोना संक्रमित ,कूल २ लाख ७६ हजार २४४ पुगे


काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। मंगलबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ।

हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ३२ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।
काठमाडौं उपत्यका अपडेट काठमाडौँ उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्