Techie IT
१७ माघ २०७९, मंगलबार

४८ दिनदेखि रिने अनसन बस्दै आएको नेवि संघ र त्रि वि व्यावस्थापनबीच यसरी भयो सहमति


काठमाडौं ।

नेपाल विद्यार्थी संघ, विश्व विद्यालय समितिले आफ्ना माग राख्दै विगत ४८ दिनदेखि त्रिभुवन विश्व विद्यालयको उपकूलपतिको कार्यालयमा रिले अनसन र पदाधिकारीहरुको कार्यालयमा लगाउँदै आएको ताला खोलेको छ । चेत्र ९ गते सोमबार दुबै पक्षबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै आन्दोलनरत पक्ष नेवि संघले आफ्ना माग व्यावस्थापन पक्षले पूरा गरेको भन्दै आफ्ना आन्दोलनका कार्यक्रमहरु बन्द गरेको हो ।

नेवि संघ विश्व विद्यालय समितिले आगामी जेष्ठ ३० गते सम्म स्ववियु चुनाव गराउने, समाजहास्त्र केन्द्रीय विभागको समस्याका सम्बन्धमा दुई महिना भित्र राय पेश गर्ने,कोरोनाका कारण ढिलो गरी भएका परिक्षाको यथाशिघ्र नतिजा प्रकाशित गर्ने ,संघ र व्यावस्थापनबिच विगतमा सहमति भएर कार्यान्वयन हुन बाँकी सम्झौतालाई कार्यान्वयनमा लैजाने सहमति गर्दै दुबै पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा वयावस्थापनका तर्फबाट शिक्षाध्यक्ष प्रा. डा. शिबबलाल भुसाल र संघको तर्फबाट नेवि संघ विश्व विद्यालय समितिका अध्यक्ष श्यामचन्द्र अधिकारी रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्