Techie IT
आईतबार, असोज ४,२०७७

स्वास्थ्यकर्मीमाथि बढ्दो दुरव्यावहारविरुद्ध प्रदर्शन


काठमाडौं,भदौ ८

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको थियो । प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाई, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटको घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिदैं यस्ता संवेदनशील क्षेत्रमा कार्यरतहरुको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरेको राससले जनाएको छ ।

प्रदर्शनमा डेढ दर्जन बढी अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्