Techie IT
सोमबार, वैशाख ६,२०७८

थपिए १०७ जना,कुल संक्रमित २ लाख ७४ हजार ४८८ पुगे


काठमाडौं ।

विगत २४ घण्टामा नेपालमा थप १०७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ। बिहीबार ७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हालसम्म ७९५ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार ५ सय ३६ पीसीआर परीक्षण भएको छ। गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका अपडेट;

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४६, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्