Techie IT
२० साउन २०७८, बुधबार

पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,थप २ जनाको मृत्यु


काठमाडौँ 

 पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ३२५ जना स‌ंक्रमणमुक्त भएका छन् भने नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९६७ रहेको छ ।

आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७३ पुगेको छ ।  ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्