Techie IT
आईतबार, फागुन १६,२०७७

पछिल्लो २४ घण्टामा थपिए १२५ जना कोरोना संक्रमित, पुगे २ लाख ७३ हजार ५५६


काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८१ पीसीआर परीक्षण गर्दा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ।हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्