Techie IT
आईतबार, फागुन १६,२०७७

शैक्षिक सत्र असोजसम्म लैजान शिक्षाविद्हरुको सरकारलाई सूझाव


काठमाडौं ।

कोरोनाका कारण अस्त व्यस्त बनेको यस वर्षको शैक्षिक सत्र असोजसम्म लैजान शिक्षाविदहरुले सरकारलाई सूझाव दिएका छन् । लकडाउनका कारण खल्बलिएको यस वर्षको शैक्षिक सत्र चैत–बैशाखमै पूरा हुने स्थिति नभएको हुनाले चालु शैक्षिक सत्र जेठ सम्म लानु पर्नेमा विज्ञहरुले सूझाव दिएका हुन् ।

सरकारले भने असार सम्मलाई यो वर्षको शैक्षिक सत्र लैजाने निर्णय गरेको छ तर यसप्रति विभिन्न शिक्षाविद्हरुले टिका टिप्पणी गरिरहेका छन् । शिक्षाविद्हरुले यस वर्षको  शैक्षिक सत्र असोज सम्म लैजानु पर्नेमा सरकारलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सूझाव दिएका छन् ।

यसै सन्धर्भमा शिक्षाविद् डा. मनप्रसाद वाग्ले जेठमा विद्यार्थीहरुको पढाइ पूरा नहुने भन्दै यस वर्षको शैक्षिक सत्र असोजसम्म लम्ब्याउनुपर्ने बताउँछन् । यो वर्ष विद्यार्थीले कारोना महामारीका कारण कुनै पनि कुरा पढ्न, सिक्न पाएकै छैनन् । माघसम्म पनि सबै विद्यार्थी शिक्षासँग नजोडिएको अवस्थामा जेठसम्मको शैषिक सत्र अपूरो हुने हुँदा असोज सम्म यस वर्षको शैषिकसत्र लैजानु पर्नेमा उनको सूझाव रहेको छ ।यस्तै अन्य शिक्षाविद्हरुले पनि  यस वर्षको  शैक्षिक सत्र असोज सम्म लैजानु पर्नेमा सरकारलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सूझाव दिएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्