Techie IT
१० कात्तिक २०७८, बुधबार

कोरोना भाइरस अपडेट: गएको चौबीस घण्टामा १७१ जना सङ्क्रमितमा दुई जनाको मृत्यु


काठमाडौं ।
नेपालमा आज कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको जनाएको छ ।गएको चौबीस घण्टामा तीन हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म २० लाख ८५ हजार ५७३ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार२९२ जना पुगेको छ ।

नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४१ मा उक्लेको छ । हाल दुई हजार २७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा दुई हजार ३३ जनाको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्